बुम रेमिट्यान्स र काष्ठमण्डप डेभलपमेन्ट बैंकबीच सम्झौता

Post Date : March 23, 2017 | 11:31 am

काठमाडौँ, १० चैत । बुम रेमिट्यान्स प्रा.लि. र काष्ठमण्डप डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र काष्ठमण्डप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकका १९ वटा शाखाबाट भुक्तानी हुनेछ । बुम रेमिट्यान्सको नेपाल अधिराज्यभर ४ हजारभन्दा बढी सब–एजेन्टहरू रहेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *