मञ्जुश्री फाइनान्सको हकप्रद शेयर खुल्यो

Post Date : January 20, 2017 | 3:34 pm

काठमाडौँ, ७ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडले रु १००।– अंकित दरका ४३ लाख ८६ हजार ३ सय ७५ कित्ता बराबरको ४३ करोड ८६ लाख ३७ हजार ५ सय रुपैयाँको हकप्रद शेयर बिक्री खुल्ला गरेको छ ।

मञ्जुश्री फाइनान्सको हाल चुक्ता पूँजी ३५ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको र हकप्रद शेयर निष्काशनपछि ६८ करोड ९२ लाख ३७ हजार ५ सय रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयरको बिक्री फागुन ११ गते बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *