महानगर सुधारका लागि तीस बुँदे कार्ययोजना सार्वजनिक

Post Date : March 31, 2017 | 9:50 pm

काठमाडौँ, १८ चैत । काठमाडौँ महानगरपालिकाले तत्काल सुधार गर्नेगरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

काठमार्डाैँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले तत्काल गर्न सकिने ३० कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

कार्ययोजनामा दिगो फोहरमैला व्यवस्थापन, नक्सा पास र घर निर्माण इजाजतलाई व्यवस्थित गर्ने, नदी किनारा र अन्य सम्भावित स्थानमा ठूला रुख रोप्ने, तीनकुने क्षेत्रको सुधार र व्यवस्थापन, कर अभियान सञ्चालन, मार्स प्रणाली कार्यान्वयनमा ल्याउने, उज्यालो काठमाडौँ कार्यक्रम ल्याउनेजस्ता रहेको छ ।

त्यसैगरी मूल सडकसँग जोडिएको शाखा सडकको पहिलो खण्ड कालोपत्र गर्ने, बालाजु पार्कको स्तरोउन्नति, पुरातात्विक तथा प्राचीन स्मारक तथा सम्पदाको पुनःनिर्माणजस्ता कार्ययोजना सार्वजनिक गरिएको छ ।

महानगरपालिकाले सडकमा धुलो जम्ने र त्यसले धेरै प्रदूषण हुने समस्या समाधानका लागि छ महिनाभित्र १० वटा धुलो बढार्ने ब्रुमर मेसिन पनि ल्याइने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

महानगरको विकास दु्रतमा ‘ब्याकुल माइला’

काठमाडौँ महानगरपालिकाले राष्ट्रियगानका सर्जक ‘प्रदीपकुमार राई’ ब्याकुल माइलालाई विकास दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

अबको एक हप्तामा माइलालाई विकास दूतमा नियुक्त गरिसक्ने कामपाका प्रमुख ईश्वरराज पौडेलले बताउनुभयो ।

यसमार्फत विकास दूत माइलाले महानगरको विकासका लागि प्रवद्र्धनात्मक र चेतनामूलक काम गर्नुहुने विश्वास कामपाले लिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *