माछा महोत्सव सुरु

Post Date : February 25, 2017 | 6:54 pm

पोखरा, १४ फागुन । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि बेगनास तालको किनारामा तेस्रो माछा महोत्सव सुरु भएको छ ।

लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनद्वारा आयोजित तीनदिने सो महोत्सवमा दर्शकले माछाका विभिन्न परिकार स्वाद लिनुका साथै पहिलो पटक मोटरबोटमार्फत बेगनास ताल सयरसहित धार्मिक क्षेत्र वराह मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा कन्सर्ट, हास्य व्यङ्ग्य, लोक दोहोरीका साथै स्थानीय सांस्कृतिक प्रस्तुति, महिला तथा पुरुष डुङ्गा दौड, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, स्थानीय माछा संरक्षणलगायतका विभिन्न कार्यक्रम रहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक एनकुमारी खतिवडाले बेगनास तालमा २० हजार भुरा छाडेर सो कार्यक्रमको उद्घाटन गर्दै विभिन्न तलतलैया रहेको लेखनाथमा माछा पालन व्यवसायको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

महोत्सवले माछालगायत कृषि उत्पादनको बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उहाँले भन्नुभयो – “माछा उत्पादन एवम् ताल संरक्षण र पूर्वाधार विकासमा सबै पक्षको सहयोगको आवश्यक पर्दछ ।

आयोजकका अनुसार महोत्सवमा ५० वटा कक्ष रहेको सो महोत्सवमा ७५ हजार दर्शकले अवलोकन गर्नुका साथै कुल रु १४ लाख आम्दानी र रु १२ लाख खर्च हुने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *