मेक्सिकोको एक तेल कम्पनीमा भयानक विस्फोट, तीन जनाको मृत्यु

Post Date : April 21, 2016 | 3:03 pm

मेक्सिकोको दक्षिण–पूर्वी भेराक्रुज राज्यस्थित एक तेल कम्पनीमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य १ सय ५ जना घाइते भएका छन् । कोटजाकोलोसस्थित सरकारी तेल कम्पनी पेमेक्समा विस्फोट भएको हो । विस्फोट भएको क्षेत्र वरिपरीका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ भने सबै विद्यालय बन्द गरिएको छ । साँझ भएको विस्फोटपछि धुँवाका मूस्लो निस्किएको थियो । तर विस्फोटपछि भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

कम्पनीले विस्फोटका कारण तेलको निर्यातमा कुनै असर नपर्ने जनाएको छ । सन् २०१२ को तामाउलिपासस्थित एक ग्यास प्लान्टमा भएको विस्फोटमा ३३ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा पेमेक्सको मुख्यालयमा भएको विस्फोटमा ३७ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *