युनिक फाइनान्सकोे नवौँ वार्षिक साधारण सभा सम्पन्न

Post Date : October 3, 2016 | 4:48 pm

काठमाडौं, १७ असोज । युनिक फाइनान्स लिमिटेडकोे नवौँ वार्षिक साधारण सभा २०७३ असोज १६ गते डि.इ.सि.सि., युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु २३ करोड ८६ लाख १० हजारको १६ प्रतिशतले हुन आउने रु ३,८१,७७,६००/– (तीन करोड एकासी लाख सत्तहतर हजार छ सय) बोनस शेयर वितरण गर्ने, आ.व. २०७२/७३ को प्रगति प्रतिवेदन, आ.व. २०७२/७३ को लेखापरिक्षण प्रतिवेदन सहितको आय व्यय विवरण, वासलात तथा नगद प्रवाह विवरण, २०७३/७४ को लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु सर्वसम्मत पारित भएको छ । साथै संस्थापक समूह तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा डा. बिनोद बहादुर खत्री, नरेश चन्द्र प्रधान र दिव्यश्वर श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीको तर्फबाट मणि राज दाहाल सो सभाबाट संचालक पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

हाल २३ करोड ८६ लाख १० हजार चुक्ता पूँजी रहेको संस्थाको १६ प्रतिशत बोनश शेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी २७ करोड ६७ लाख ८७ हजार ६ सय हुनेछ ।

गत आ.व.को आषाढ मसान्त सम्ममा रु.८० करोड ८४ लाख निक्षेप संकलन तथा रु. ६२ करोड कर्जा तथा लगानी गरिसकेको छ । संस्थाको आषाढ मसान्तको कर्जा निक्षेप अनुपात ५०.७९%, पूँजीकोष ४३.३४% रहेको छ । हाल संस्थाले विभिन्न बचत योजनाहरुमा ५.५% देखि ७.००% सम्म व्याज प्रदान गर्दै आएको र हायर पर्चेज, हाउजिङ, व्यापारिक, औद्योगिक, रियल स्टेट तथा शैक्षिक कर्जा अन्र्तगत कर्जाहरु प्रदान गर्दै आएको जानकारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *