राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५० करोड रुपैया

Post Date : November 18, 2016 | 2:37 pm

काठमाडौँ, ३ मङ्सिर । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७३।७४को पहिलो ३ महिनामा ५० करोड ८ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकले यही असोज मसान्तसम्ममा १ खर्ब ४६ अर्ब ५९ करोड ५४ लाख रुपैया निक्षेप संकलन र ८५ अर्ब ९८ करोड ९४ लाख रुपैया कर्जा प्रवाह गर्नुको साथै ४१ अर्ब ७६ करोड ७२ लाख रुपैया लगानी गरेको छ ।

बैंकको हाल चुक्त पूँजी ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैया रहेको छ भने जगेडा कोषमा १ अर्ब २३ करोड ४७ लाख ७८ हजार रुपैया छ ।

बैंकको निष्क्रीय कर्जा अनुपात भने ३ दशमलब ३० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *