लक्ष्मी बैंकको तीन महिनाको खुद मुनाफा १३ करोड ५८ लाख रुपैया

Post Date : November 10, 2016 | 5:09 pm

काठमाडौँ, २५ कात्तिक । लक्ष्मी बैंकको चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिक अवधिमा १३ करोड ५८ लाख रुपैया खुद मुनाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो खुद मुनाफा १० करोड १० लाख रुपैया रहेको थियो ।

चुक्ता पूँजी ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैया रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५१ अर्ब ५८ करोड ४७ लाख रुपैया निक्षेप संकलन गरी ४४ अर्ब ४ करोड २७ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *