लाईफ इन्स्योरेन्स कर्पोरेसनले बोनस शेयर दिने

Post Date : March 3, 2017 | 10:49 am

काठमाडौँ, २० फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट २४ दशमलब ८० प्रतिशत बोनस शेयर र १ दशमलब ३०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ ।

लाईफ इन्स्योरेन्सको २०७३ फागुन १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बीमा समितिको स्वीकृति र कम्पनीको आगामी बस्ने १५ औँ बार्षिक साधारण सभाले बोनस शेयर वितरण सम्बन्धी प्रस्ताव पारित गरेपछि वितरण प्रक्रियामा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *