लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा राजिनामा

Post Date : July 5, 2016 | 11:35 am

काठमाडौं, २१ असार । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले राजिनामा दिएका छन् । संचालक समितिले राजिनामा स्वीकृत गरेपछि आइतबार साँझ पन्ले आफू बैंकबाट बाहिरिएको आफ्ना कर्मचारीहरूलाई इमेलबाट जानकारी गराएका थिए ।

लुम्बिनी बैंक र बैंक अफ काठमाण्डूको मर्जर प्रक्रिया अन्तिम चरणमा रहेकोले पनि काम कारवाही तथा निर्णय प्रक्रिया सहज पारिदिनका लागि राजिनामा दिइएको बताइएको छ । उनको कार्यकाल २०७४ साल माघसम्म रहेको थियो । बैंकको नाजुक अवस्था रहेको बखत २०६२ सालमा पन्तले प्रमुख कार्यकारी अधिकृतको काम सम्हालेका थिए । जुनबेला लुम्बिनी बैंकको खराब कर्जा ४२ प्रतिशत भन्दा बढी थियो । अहिले बैंकको खराब कर्जा ०.९२ प्रतिशत मात्र छ ।

पचपन्न वर्षीय पन्तले २०४१ सालबाट बैंकिङ्ग करियर सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *