वर्षमा कम्तीमा पनि ३०० दिन बैंक संचालन गर्नु पर्ने सुझाव

Post Date : July 16, 2016 | 10:34 am

काठमाडौं, १ साउन । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग सबै सार्वजनिक बिदा नदिन माग राखेका हुन् । उनले कम्तीमा पनि ३०० दिन बैंक चल्ने व्यवस्था गर्न माग राखेका छन् ।

सनराइज बैंक र नारायणी नेशनल फाइनान्स लिमिटेडको एकीकृत कारोवार कार्यक्रममा बोल्दै उक्त कुरा राखेका हुन् । उनले सरकारले मनलाग्दी दिने सार्वजनिक बिदालाई नेपाल राष्ट्र बैंकले कटौती गर्दै कम्तीमा ३ सय दिन बैंक चल्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उक्त कार्यक्रममा गभर्नर सहित डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवाराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *