यती डेभलपमेण्ट बैंकको ४ एटिएम एकै दिन संचालनमा

Post Date : March 3, 2017 | 10:55 am

काठमाडौँ, २० फागुन । यती डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक र सरल बैकिङ्ग सुविधा उपलब्ध गराउँदै लैजाने क्रममा २०७३ फागुन १९ गतेदेखि बैंकको इटहरी, बिर्तामोड, पालुङ्ग र ढल्केबर शाखाहरुबाट पनि एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले एक समारोहका बिच विद्युतीय प्रणाली (Electronic System) मार्फत केन्द्रीय कार्यालय दरबार मार्गबाट उद्घाटन गर्नु भयो ।

अधिराज्य भरी २५ वटा शाखाहरु रहेको बैंकले आफ्नो एटिएम संख्या २४ पुरयाएको छ । यसअघि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेसँग समन्वय गरी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा समेत शुरु गरीसकेको छ । आगामी दिनमा पनि बैंकले यस्तै आधुनिक तथा प्रविधियुक्त थप सेवाहरुमार्फत ग्राहकहरुलाई सेवा पुरयाउने बैंकको योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *