शेयरबजारमा सामान्य सुधार अाए पनि कारोवार रकम भने बढेन

Post Date : July 6, 2016 | 3:43 pm

काठमाडाैं, २२ असार । लगातार तेस्रो दिनसम्म घटेको शेयरबजारमा अाज भने केही सुधार भएको छ । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २.६९ अंकले बढेर १७१५.७२ बिन्दुमा पुगेको छ । कुल ५८३२ कारोवारबाट ४१ लाख ८७ हजार १७६ कित्ता शेयर किनबेच भई १ अर्ब ३३ करोड ६४ लाख २६ हजार १२ रुपैयाको कारोवार भएको छ । हिजोको तुलनामा अाज ०.१६ प्रतिशतले नेप्से परिसूचक बढेको छ । अाज कारोवार भएको रकममा भने खासै सुधार भने हुन सकेन ।

अाज विकास बैंक, जलविद्युत र बिमा समूहको कारोवारमा गिरावट अाएको छ भने यसबाहेक अरु सबै समूहहरुको कारोवारमा सुधार अाएकाे छ । वाणिज्य बैंकहरुको ५.०५ अंकले बढेर ३९ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । होटल समूहको १८.४२ अंकले बढेर ४ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

विकास बैंक समूहको ५.७५ विन्दुले घटेर जम्मा २८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको कारोवारमा ३७.४२ अंकले घटेर २९ करोड रुपैयाभन्दा बढीको कारोवार गरेकाे छ ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ७ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको करिब ५ कराेड रुपैयाको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *