शेयरबजार अोरालो लाग्ने क्रम जारी, फाइनान्स बाहेक सबै सूचक रातो

Post Date : October 24, 2016 | 3:34 pm

काठमाडाैं, ८ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३.५० अंकले घटेर १७६८.८९ बिन्दुमा पुगेको छ । कुल ४७९७ कारोवारबाट १० लाख २३ हजार २८५ कित्ता शेयर किनबेच भई ९२ करोड ८९ लाख ६२ हजार ६१७ रुपैयाको कारोवार भएको छ ।

साताको दोस्रो दिन पनि शेयरबजार अोरालो लागेको छ ।  फाइनान्स समूहको परिसूचक उकालो लागेको छ भने अरु सबै समूह अोरालो लागेको छ ।

फाइनान्स समूहको ४.८२ अंकले बढेर १ करोड २ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १८.२६ अंकले घटेर ५० करोड ३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको २४.३७ अंकले घटेर ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ६.३९ अंकले घटेर ८ करोड ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १५.२८ अंकले घटेर १ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । बिमा समूहको ३८.५६ अंकले घटेर २८ करोड ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको ४.०५ अंकले घटेर ५० लाख १२ हजार ५१० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ७ कराेड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *