शेयर बिक्री गर्नेहरूको चापले नेप्से ३६.२७ अंकले घट्यो

Post Date : September 25, 2016 | 9:19 pm

काठमाडाैं, ९ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३६.२७ अंकले घटेर १७३०.६४ बिन्दुमा पुगेको छ । कुल ५७१३ कारोवारबाट ११ लाख ५३ हजार २६५ कित्ता शेयर किनबेच भई १ अर्ब ५ करोड ६२ लाख ९९ हजार २६४ रुपैयाको कारोवार भएको छ ।

साताको पहिलो दिन सबै समूहको शेयर मूल्य घट्न गई नेप्से परिसूचक अोरालो लागेको छ । नजिकिँदै गरेको दशैँले गर्दा खर्चको जोहो गर्न लगानीकर्ताहरू शेयर किन्ने भन्दा पनि बेच्न अातुर थिए । त्यसैले शेयर बिक्रीकर्ताहरूको ठूलै भीड लागेको थियो ।

वाणिज्य बैंकहरुको २८.४९ अंकले घटेर ६४ करोड ३९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ६२.४ अंकले घटेर ४४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ५५.७७ अंकले घटेर १४ करोड १ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ५७.१५ अंकले घटेर २ करोड ३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १४.३९ अंकले घटेर १ करोड ८२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको २४७.७१ अंकले घटेर २० करोड ५६ लाख रुपैयाको कारोवार भएकाे छ भने उत्पादन समूहको ३९.९९ अंकले घटेर ७८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूहको १०.७ अंकले घटेर ५६ लाख ६७ हजार १४० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा एभरेष्ट बैंक लिमिटेडको ११ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा कृषि विकास बैंक लिमिटेडको ११ कराेड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *