सनराइज बैंकको विशेष साधारण सभा सम्पन्न

Post Date : June 2, 2016 | 7:09 pm

काठमाडाैं, २० जेठ । सनराइज बैंक लिमिटेडको विशेष साधारण सभा अाज सम्पन्न भएको छ । यस सभाले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । बैंकले आगामी आषाढ मसान्त भित्रै एकिकृत कारोबार सुरु गर्ने जनाएको छ ।

यसपछि बैंकको चुक्ता पुँजी ४ अर्ब, शाखा ६७, साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने जानकारी समेत दिइएको छ । नारायणी नेशनलको १०० कित्ता शेयर बराबर सनराईजको ७७ कित्ता शेयर हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *