सहकारी पीडितद्वारा कारबाहीको माग

Post Date : July 10, 2016 | 9:31 pm

काठमाडौँ, २६ असार । ओरियन्टल सहकारीबाट पीडित बनेकाले सो सहकारी सञ्चालक सुधीर बस्नेतलाई कारबाही गर्नुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् ।

आफूहरूलाई ठगी गरेर फरार भएका बस्नेतलाई जतिसक्दो चाँडो कारबाही गर्न माग गर्दै पीडितले प्रधानमन्त्री निवास बालुवाटार सडक नजिकै नाराबाजी गरेका थिए ।

“सञ्चालक बस्नेतबाट आफूहरू ठगिएको भन्दै पीडितले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटार सडकमा धर्ना दिएका थिए”– प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *