सहारा एकेडेमीलाई सहयोग

Post Date : November 8, 2016 | 2:15 pm

पोखरा, २३ कात्तिक । ‘फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था’ पोखराले पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आज आर्थिक सहयोग गरेको छ ।

सहकारीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सहकारीले एकेडेमीलाई रु २५ हजार तथा जिन्सी सामान सहयोग गरेको सहकारीका अध्यक्ष विष्णु तामाङले जानकारी दिनुभयो । एकेडेमीमा हाल १६ जिल्लाका २८ विपन्न वर्गका बालबालिकाको शिक्षादीक्षा र पालनपोषण भइरहेको छ । रासस (Photo: http://www.goalnepal.com/news.php?id=28901)

Leave a Reply

Your email address will not be published. Required fields are marked *