सानिमा बैंकको “सानिमा मनि म्याक्सिमाइजेसन स्किम”

Post Date : July 25, 2016 | 6:10 pm

काठमाडौं, १० साउन । सानिमा बैंकले “सानिमा मनि म्याक्सिमाइजेसन स्किम” ल्याएको छ । यो स्किमबाट नया तथा हालका ग्राहकले ई–एकाण्ट पोर्टलबाट स्वतः बचत खाताबाट मुद्दती खातामा रकमान्तर गर्न बैंकलाई निर्देशन दिन सक्नेछन् ।

ग्राहकको खातामा रहेको अधिक रकम स्वतः मुद्दती खातामा ट्रान्सफर हुने, ग्राहकवर्गले बैंकले प्रकाशित गरेको मुद्दती निक्षेप दरभन्दा बढी ब्याजदर पाउने, स्वतः नविकरण सेवा तथा मुद्दती निक्षेपलाई बन्द गर्न सजिलो विकल्प हुने बैंकले जनाएको छ ।

यस सम्बन्धमा ग्राहकवर्गलाई थप जानकारी चाहिएमा वेबसाइटमा रहेको कनेक्ट अप्सनमा गएर आफ्नो सम्पर्क विवरण दिन सकिने विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *