एसियन लाईफ इन्स्योरेन्सले बोनस र हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 31, 2017 | 9:19 am

काठमाडौँ, १८ चैत । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ र नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७२/७३ को मुनाफामध्येबाट १३ करोड ४२ लाख रुपैयाँ बोनस शेयर दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले एसियन लाईफ इन्स्योरेन्सको चुक्ता पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस शयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ पुग्ने र हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी १ अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्ने जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *