सानिमा बैंकको १२ औं साधारण सभा सम्पन्न

Post Date : October 16, 2016 | 12:25 pm

काठमाडौं, ३० असोज । सानिमा बैंक लिमिटेडले यही असोज २८ गते शुक्रवारका दिन १२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर, ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) र बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सानिमा बैंकसंग भएको आपसी समझदारी (MOU) अनुसार वागमती डेभलपमेन्ट बैंकलाई प्राप्ती (acquisition) गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ ।

त्यसै गरी बंैकको अधिकृत पूँजी बृद्घि गरी रु नौ अर्ब तथा जारी र चुक्ता पूँजी रु छ अर्ब नब्बे करोड पुरयाउने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा खुद नाफा रु एक अर्ब कमाएको सानिमा बैंकको कुल सम्पत्ति रु ५५.८९ अर्ब, कुल निक्षेप रु ४६.३४ अर्ब, तथा कर्जा सापटी रु ४०.४६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तीमा क्रमश: ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले बृद्धि गरेको छ ।

त्यसैगरी बैंकले नेपालभर ४० वटा शाखा तथा ४७ एटिएम संजाल विस्तार गर्न सक्षम भएको छ ।

बैंकको बित्तिय परिसूचक (असार मसान्त, २०७३)
निस्क्रिय कर्जा ०.०१९ ५
पुँजी कोष १२.३६ ५
तरलता २४.२४५
कर्जा निक्षेप अनुपात ७६.०१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *