सिटिजन्स बैंकको नाफा १ अर्बभन्दा माथि

Post Date : July 23, 2016 | 4:25 pm

काठमाडौं, ८ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आ.व. २०७२/७३ मा १ अर्ब ८ करोड ९९ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले आ.व. २०७१/७२ मा ७२ करोड ३ लाख रुपैया खुद मुनाफा गरेको थियो । उक्त नाफासँगै बैंक अर्ब रुपैया नाफा गर्ने बैंकको सूचीमा परेको छ ।

बैंकले २०७३ असार मसान्तसम्म ४७ अर्ब ३९ करोड ३५ लाख रुपैया निक्षेप संकलन र ४० अर्ब ५६ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उच्च वृद्धि गरेको छ । बैंकले आ.व. २०७१/७२ को तुलनामा आ.व. २०७२/७३ मा निक्षेप संकलनमा ११ अर्ब ६१ करोड १४ लाख रुपैया र कर्जा लगानी तर्फ ११ अर्ब ३६ करोड ७३ लाख रुपैयाले बढी गरेको हो । बैंकले यसै अवधिमा ४३ करोड १७ लाख ३९ हजार रुपैया खराब कर्जा उठाएको छ । र हालको खराब कर्जा अनुपात १.३१ प्रतिशत मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *