सिटिजन्स बैंकको मानभवन शाखा स्थानान्तरण

Post Date : October 23, 2016 | 6:43 am

काठमाडौं, ७ कार्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ललितपुरको मानभवन शाखा स्थानान्तरण भएको छ । शाखालाई ललितपुरको ग्वार्कोको हारती भवनबाट संचालन गरिएको छ ।

स्थानान्तरित शाखाको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी आरम्भ गर्नु भएको छ ।

बैंकले ५८ वटा शाखा, ५१ वटा एटिएम र ४८ वटा शाखारहित बैंकिङ सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । बैंकले निकट भविष्यमा बर्दिबासमा रहेको शाखालाई पनि स्थनान्तरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *