सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद शेयर

Post Date : June 11, 2017 | 10:45 am

काठमाडौँ, २८ जेठ । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरूलाई हाल भाग गरिएको ३० प्रतिशत हकप्रद शेयर वितरणपश्चात चुक्ता पूँजीको १० बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्म ७५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन र ६६ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरी ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

बैंकले हाल देशभर ७० वटा शाखा, २ वटा एक्सटेन्सन काउण्टर, ८८ वटा एटिएम, ७० वटा शाखारहित बैंकिङ सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *