सिबिआईएल क्यापिटलको ब्रान्ड एम्बेसडरमा विजय लामा

Post Date : October 28, 2016 | 12:42 pm

काठमाडौँ, १२ कात्तिक । सिबिआईएल क्यापिटल लिमिटेड संचालक समितिको बैठकले क्याप्टेन विजय लामालाई कम्पनीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । विजय लामा नेपालको उड्डयन तथा मिडिया क्षेत्रमा सुपरिचित नाम हो ।

यससम्बन्धी सम्झौतापत्रमा दुवै पक्षबीच सम्झौता भएको सिबिआईएल क्यापिटलले जनाएको छ । विजय लामाद्वारा सिबिआईएल क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवर्द्धन गरिने जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लि. को सहायक कम्पनी रहेको सि.बि.आई.एल. क्यापिटल लि. ले काठमाडौं बाहिरका लगानी कर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भै लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका चौधै अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभबि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *