सिभिल बैंककोे छैठौँ बार्षिक साधारण सभा सम्पन्न

Post Date : May 19, 2017 | 9:16 am

काठमाडौँ, ५ जेठ । सिभिल बैंक लिमिटेडले छैठौँ बार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौँमा हिजो जेठ ४ गते सम्पन्न गरेको छ । साधारण सभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ता जेबी राजभण्डारी एण्ड डिबीन्सबाट प्राप्त दुवै लक्षित संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) बमोजिम पछिल्लो बजार मूल्य तथा इजाजतपत्रको वर्ग समेतका आधारमा सिभिल बैंक लिमिटेडको प्रतिशेयर मुल्य रु. १००/– बराबर युनिक फाईनान्स लिमिटेडको रु. ९०/– र हामा मर्चेन्ट फाईनान्स लिमिटेडको रु. ८९/– कायम हुने गरी सिभिल बैंक लिमिटेडको १ कित्ता शेयर बराबर युनिक फाईनान्स लिमिटेडका शेयरधनीहरुलाई सिभिल बैंक लिमिटेडको ०.९० कित्ता र हामा मर्चेन्ट फाईनान्स लिमिटेडका शेयरधनीहरुलाई सिभिल बैंक लिमिटेडको ०.८९ कित्ता शेयर प्रदान गरी दुवै लक्षित संस्थालाई यस सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने निर्णय गरेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

बोनश शेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३०% प्रस्ताव गरेकोमा सभाले सोलाई संशोधन गरी ४०% हकप्रद शेयर निष्काशन गर्ने र साथै हकप्रद शेयर निष्काशन तथा वाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि साधारण सभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्पmबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु. ३३.८१ अर्ब निक्षेप संकलन गरी रु. ३१.२ अर्ब कर्जा प्रवाह गरेको यस बैंकले मुलुकभर ५१ शाखा तथा ९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक सेवा दिँदै आएको छ भने ३४ स्थानहरुमा एटिएम जडान गरिसकेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुने समेत प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *