सिर्जना फाइनान्सको नयाँ शाखा रंगेलीमा

Post Date : March 7, 2017 | 12:01 pm

मोरङ, २४ फागुन । सिर्जना फाइनान्स लिमिटेडको आफ्नो नयाँ शाखा मोरङको रंगेलीमा विस्तार गरेको छ । शाखाको उद्घाटन उद्योग संगठन मोरङका सदस्य नन्दकिशोर राठीले गर्नु भएको छ ।

सिर्जना फाइनान्सले चाँडै नै मोरङ जिल्लाको पथरी, सलकपुर, नेताचौक; सुनसरी जिल्लाको इनरुवा, हरिनगरा, महेन्द्रनगर, लौकही र सप्तरी जिल्लाको सप्तकोशी, बोदेबर्साइन, पातोमा शाखा स्थापना गर्ने जनाएको छ ।

फाइनान्सले गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म ८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

त्यस्तै, फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ करोड ८० लाख रपैयाँ खुद मुनाफा गरेको छ । निस्क्रिय कर्जा १ दशमलब ८८ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७ दशमलब ३४ प्रतिशत रहेको छ ।

फाइनान्सको हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० करोड ८७ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *