सैनिक कल्याण कोषमा नगद मौज्दात ३३ अर्ब रुपैयाभन्दा बढी

Post Date : August 20, 2016 | 1:18 pm

काठमाडौं, ३ भदौ । नेपाली सेना, सैनिक कल्याण कोषको नगद मौज्दात ३३ अर्ब ६ करोड १० लाख ३६ हजार रुपैया पुगेको छ । २०३२ सालमा कोष स्थापना हुँदा १ करोड २४ लाख १ हजार रुपैयाबाट सुरु भएको थियो ।

कोषमा २०७२ असार मसान्तमा ३० अर्ब ३४ करोड ६६ लाख २० हजार रुपैया थियो भने २०७३ असार मसान्तमा २ अर्ब ७० करोड ३९ लाख ५५ हजार ८ सय ४० रुपैयाले बढेको हो ।

२०७३ असार मसान्तसम्म वाणिज्य बैंकहरूमा ३२ अर्ब ६९ करोड १ लाख १४ हजार रुपैया, विकास बैंकहरूमा ४ करोड ९ लाख २६ हजार रुपैया र फाइनान्स कम्पनीहरूमा ३२ करोड ९९ लाख ९६ हजार रुपैया कोषको नाममा जम्मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *