हिमालयन बैंक र लाइफ इन्स्योरेन्स नेपालबीच सम्झौता

Post Date : August 17, 2016 | 4:56 pm

काठमाडौं, १ भदौ । हिमालयन बैंक र लाइफ इन्स्योरेन्स नेपालबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि बैंकले लाइफ इन्स्योरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा बीमा सेवा प्रदान गर्नेछ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *