कृषि विकास बैंकले १ अर्ब ९६ करोड ८८ लाख रुपैयाको हकप्रद शेयर निष्काशन गर्ने

Post Date : August 15, 2016 | 12:48 pm

काठमाडौं, ३१ साउन । कृषि विकास बैंक र एस क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कृषि विकास बैंकको रु. १०० अंकित दरको १ करोड ९६ लाख ८८ हजार कित्ता बराबरको १ अर्ब ९६ करोड ८८ लाख रुपैयाको हकप्रद शेयर एस क्यापिटलले निष्काशन गर्नेछ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एस क्यापिटलका प्रबन्ध–संचालक पूर्णचन्द्र दाहालले गर्नु भएको छ । सम्झौतापछि हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ७ अर्ब २६ करोड ३४ लाख रुपैया निक्षेप संकलन, ७९ अर्ब ७५ करोड १ लाख रुपैया कर्जा प्रवाह गरी २ अर्ब ५७ करोड ७२ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकले अघिल्लो आ.व. २०७१/७२ मा रहेको निष्क्रीय कर्जा अनुपात ५.३५ प्रतिशतबाट घटाएर आ.व. २०७२/७३ मा ३.८५ प्रतिशतमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *