जुनियर सिगिंङ्ग आइडल सम्पन्न

Post Date : November 27, 2016 | 4:23 pm

वीरगञ्ज, १२ मङ्सिर । वीरगञ्जमा रहेको आरके क्रिएटिभ इभेन्ट एण्ड इन्टरटेन्मेण्टले आयोजना गरेको जुनियर सिगिंग आइडल २०१६ सम्पन्न भएको छ ।

वीरगञ्जको स्वीमिङ्ग पुल एण्ड हेल्थ क्लब परिसरमा सम्पन्न भएको सो कार्यक्रममा अमन गुप्ता प्रथम, प्रगती शर्मा द्धितीय र अनिष बराल तृतीय भएका थिए । सो कार्यक्रममा निर्णायकको रुपमा नेपालका चर्चित क्लासिकल गायक गुरुदेव कमाट, नारायणी अञ्चलका वरिष्ठ क्लासिकल गायक ध्रुवसिंह ठकुरी रहनुभएको थियो । आरके क्रिएटिभका संस्थापक विष्णु दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगञ्जका चर्चित मडल अशोक आरयन यादव, भुपेन्द्र साह, सिटि डान्स एकेडेमीका राजन रौनियार, वीरगञ्जका चर्चित गायक अशोक प्रधान, एरिक बुटिककी संचालिका पुजा प्रधान लगायतको उपस्तिथी रहेको थियो । यसैबिच सो कार्यक्रममा वीरगञ्जका चर्चित गायक एवम् प्रशिक्षक सुरभी मिश्रा, चन्दन प्रजापति, अनुप तिवारी , रबिन्द्र क्षेत्री, रिचा बानिया लगायतले आ आफनो प्रस्तुती दिएका थिए ।

त्यसैगरि सो कार्यक्रममा अतिथि, प्रमुख अतिथि, आयोजक संस्थाका प्रतिनिधिहरुलाई दोशल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी बिबेक कर्ण र आयोजक आरुष कायस्थले गरेका थिए । आयोजक आरुष कायस्थका अनुसार सो कार्यक्रमको सफलता पछाडी आरके क्रिएटिभका केशन जातिया, अमन अग्रवाल, कृष्णा सर्राफ, बिक्की चौधरी, रोहित चौधरी, राहुल पाण्डे, आयुष जातिया लगायतको विशेष भुमिका रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *