नेपाल बैंकले हकप्रद शेयर जारी गर्ने

Post Date : March 7, 2017 | 12:46 pm

काठमाडौँ, २४ फागुन । नेपाल बैंक लिमिटेडले १ अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबर शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकको प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृति दिएमा शेयरधनीले १०० कित्ता शेयर बराबर २३ दशमलब ७४ कित्ताका दरले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद शेयर निष्काशनपश्चात नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको ८ अर्ब रुपैयाँ नेपाल बैंकको पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षमा २०७३/७४ को पुस मसान्तसम्म ८४ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन र ७० अर्ब ८१ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । निस्क्रिय कर्जा भने यस अवधिमा २ दशमलब ८५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *