महिलाले घर बनाए १० प्रतिशत नक्सापासमा छुट

Post Date : July 15, 2017 | 7:29 pm

काठमाडौँ, ३१ असार । बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ ।

आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराउनुभयो । उहाँले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो ।

यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बताउनुभयो ।

नगरले पूँजीगततर्फ रु ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ रु १७ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी फोहोर संकलनका लागि वडा नं. १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *