यती डेभलपमेण्ट बैंकद्वारा स्वास्थ्य शिविर आयोजना

Post Date : September 18, 2016 | 6:42 pm

पोखरा, २ असोज । यती डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व पूरा गर्दै जाने सिलसिलामा २०७३ असोज १ गते, शनिबारका दिन बैंकको पोखरा शाखाले स्वास्थ्य शिविर आयोजना गरी ६२ जना अनाथ बालबालिकाहरूको स्वास्थ्य परिक्षण गराएको छ । स्वास्थ्य शिविरमा डा. भिष्मराज बराल र डा. प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले यती डेभलपमेण्ट बैंकले जस्तै सबै व्यावसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लगाउन सके देश विकासमा महत्वपूर्ण योगदान हुने बताउनु भयो । नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले यती डेभलपमेण्ट बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै बैंकलाई धन्यवाद दिनुभयो । बैंकको केन्दिय कार्यालयका बजार व्यवस्थापक प्रकाश घिमिरेले यस्ता सामाजिक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *