यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजनाहरु

Post Date : January 16, 2017 | 12:22 pm

काठमाडौँ, ३ माघ । यती डेभलपमेण्ट बैंकले साना तथा मझौला व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु आकर्षक ब्याजदरमा प्रस्तुत गरेको छ । यती सजिलो कर्जा अन्तर्गत व्यवसायीहरुले अधिकतम रु १ करोडसम्मको कर्जा सजिलै प्राप्त गर्न सक्ने छन् । उक्त कर्जा लिन चाहने व्यवसायीहरुले ओभरड्राफ्ट, १० वर्षसम्मको किस्ताबन्दी वा दुबै सुविधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशत सम्ममा उपभोग गर्न सक्ने छन् ।

त्यसै गरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरिद गर्न र घर निर्माण तथा मर्मत गर्नको लागि रु १ करोडसम्मको कर्जा ग्राहकरुले न्यूनतम ९.९९ देखि २० बर्ष सम्मको अवधिको लागि प्राप्त गर्न सक्ने छन् । आवश्यक कागजात पूरा भएको ३ कार्य दिनमा नै उक्त कर्जाहरु प्रदान गर्ने बैंकले प्रतीवद्धता व्यक्त गरेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

यती डेभलपमेण्ट बैंकले २०७३ पुस मसान्तसम्ममा रु १२ अर्ब ६ करोड रुपैयाँ निक्षेप तथा रु १० अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । २०७४ असार मसान्त सम्ममा चुक्ता पूँजी रु २ अर्ब ५० करोड रुपैयाँ पुरयाउने सिलसिलामा २ः१ का दरले हकप्रद शेयर निष्काशन प्रक्रिया लगभग अन्तिम चरणमा पुगिसको प्रेस विज्ञप्तीमार्फत बैंकलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *