शेयर बजारमा दोहोरो अंकको वृद्धि कायमै, झण्डै पाैने २ अर्ब रुपैयाको कारोवार

Post Date : June 13, 2016 | 4:29 pm

काठमाडाैं, ३१ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ११.६३ अंकले बढेर १६०९.५९ बिन्दुमा पुगेको छ । कुल ६८१८ कारोवारबाट १९ लाख ५५ हजार २३३ कित्ता शेयर किनबेच भई १ अर्ब ७१ करोड २२ लाख ७२ हजार १८० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंक, होटल, विकास बैंक र जलविद्युत समूहको कारोवार उकालो लागेको छ भने फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको कारोवार अोरालो लागेको छ । विगत केही दिनदेखि बढिरहेको बीमा कम्पनीहरुको कारोवारमा भने उच्च गिरावट अाएको छ ।

अाज एभरेष्ट बैंक लिमिटेडको सबैभन्दा बढी १५ करोड २७ लाख ७० हजार ४१ रुपैया बराबरको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *