सिटिजन्स बैंकको हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने

Post Date : August 27, 2016 | 6:33 pm

काठमाडौं, ११ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हकप्रद शेयर माग गर्दा आवेदन नपरेको बाँकी शेयर संस्थापकतर्फ ७७ हजार ६ सय ७६ कित्ता र सर्वसाधारण तर्फ ६ लाख २८ हजार ४१ कित्ता समेत जम्मा ७ लाख ५ हजार ७ सय १७ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

शेयरको न्यूनतम मूल्य रु. १००/– तोकिएको छ । आवेदनकर्ताले रु. १००/– भन्दा बढी मूल्य प्रस्ताव गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्नु पर्ने अन्तिम दिन २०७३ भदौ ३१ गते कार्यालय समयभित्र ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कमलादी, काठमाडौंमा दर्ता गरिसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *