अन्तर्राष्ट्रिय व्यापार मेला

Post Date : October 26, 2016 | 5:53 pm

भक्तपुर, १० कात्तिक । भक्तपुर उद्योग वाणिज्य सङ्घले स्थापनाको ५० वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

आगामी मङ्सिर २४ गतेदेखि २९ गतेसम्म भक्तपुर नगरपालिका–१७ स्थित सल्लाघारीको ९९ सय रोपनी खुल्ला मैदानमा सो मेलाको आयोजना गरिएको सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

मेलामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, निर्माण सामग्री व्यापार सङ्घ, फर्निचर तथा फिर्निसिङ व्यवसायी सङ्घलगायत जिल्लाका विभिन्न ३३ वटा वस्तुगत सङ्घसंस्थाको सहभागिता रहनेछ । सो मेलामा १७२ वटा कक्षमा भारत, भुटान, बङ्गलादेश, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, अमेरिका लगायतका देशका सामग्री राखिनेछ ।

रु ६६ लाख खर्च हुने सो मेलामा करिब रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेलाको लागो आज सार्वजनिक गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *