काभ्रेपलाञ्चोकमा ३ सय ५० प्रजातिका जडीबुटी भेटियो

Post Date : September 5, 2016 | 3:15 pm

बनेपा, २० भदौ । काभ्रेपलाञ्चोक जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा भेटिएका ३५० प्रजातिका जडीबुटी भेटिएको छ। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएकोे छ ।

महाभारत क्षेत्रको चौडापातेमा बनमा चिराइतो, तीतेपाती, मजिठो, पाखाबेद, बोझो, टिमुर, झ्याउ, लौठसल्लालगायत दुर्लभ मानिने ग्राउण्ड अर्किट नामको जडीबुटीसमेत पाइने भएकाले यसबाट मनग्य लाभ लिन सकिने वन अधिकृत प्रेम खनालले बताउनुभयो ।

गत आर्थिक वर्षमा निजी वनबाट उत्पादित दुई हजार ७०९ किलोग्राम पाषणवेद नामक जडीबुटी निकासीको लागि इजाजत दिइएको र त्यसबाट रु१३ हजार ५३३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

जडीबुटीको उपयोग गर्न सकिने सम्भावना भएपनि त्यसको पहिचान गरी भनेजस्तो लाभ लिन नसकिएकाले जडीबुटी रहेका स्थान पहिचान गर्न जडीबुटी सूचना केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रम गरिने वन अधिकृत खनालले बताउनुभयो ।

जडीबुटीखेती विस्तारका लागि रु ८२ लाख बजेट विनियोजन भएकाले त्यसबाट जडीबुटी प्रशोधन तथा भण्डारण र सम्भावित जडिबुटीको पकेट क्षेत्र संवद्र्धन गर्ने लगायतका कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयोे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *