कामना विकास बैंकको २१अाैं शाखा तनहुँको खैरेनीटारमा

Post Date : July 20, 2016 | 3:22 pm

काठमाडौं, ५ असार । कामना विकास बैंकले तनहुँको खैरेनीटारमा २१औं शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । शाखाको उदघाटन नेपाल राष्ट्र बैंक, पोखरा शाखाका निर्देशक चिञ्जीवी चापागाईले गर्नु भएको छ । उदघाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइरालाले ग्रामीणस्तरका जनाताको बैंकसम्म पहुँच बढाउन कार्यक्षेत्र विस्तार गरेको बताउनु भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बैंकले कास्की फाइनान्स लिमिटेडसँगको मर्जरपश्चात पाएको राष्ट्रिय स्तरको विकास बैंकको स्वीकृतिपछि कार्यक्षेत्र विस्तार गरेको बताउनु भयो ।

हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैया रहेको छ । बैंकले गत आ.व. २०७२÷७३ असारमसान्तसम्म करीब ७ अर्ब निक्षेप संकलन, ६ अर्ब रुपैया बराबर कर्जा लगानी गरी २७ करोड रुपैया संचालन मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *