खानेपानी योजनाका लागि रु २२ करोड

Post Date : November 9, 2016 | 2:43 pm

दाङ, २४ कात्तिक । जिल्लाको खानेपानी तथा सरसफाइको क्षेत्रमा आव ०७३/०७४ का लागि रु २२ करोड भन्द बढी विनियोजन भएको छ ।

अघिल्लो वर्षको तुलनामा झन्डै रु पाँच करोड बढी रु २२ करोड ४० लाख ८४ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नयाँ कार्यक्रम भित्रिएसँगै बजेट रकममा समेत वृद्धि भएको हो ।

विगतका क्रमागत आयोजनासँगै जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना निर्माण, मुहान सरक्षण, खानेपानी आयोजनाको सर्वेक्षणसँगै पूर्ण सरसफाइका कार्यक्रममा बजेट विनियोजन भएको कार्यालयका इन्जिनियर तिलक न्यौपानले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड २९ लाख ७९ हजार रहेको छ । त्यस्तै खानेपानी तथा सरसफाइ लगानी कार्यक्रममा रु पाँच करोड ५० लाख, उच्च मध्यमस्तरीय ठूला खानेपानी आयोजनामा रु दुई करोड ५० लाख, तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत रु एक करोड १२ लाख ५० हजार विनियोजन गरिएको छ ।

त्यस्तै खानेपानी तथा गुणस्तर सुधार कार्यक्रममा रु ६१ लाख, वातावरणीय सरसफाइ कार्यक्रममा नेपाल सरकार र युनिसेफबाट गरी रु २२ लाख, जलवायु परिर्वतन प्रभाव न्यूनीकरण तथा उपयुक्त प्रविधि प्रवद्र्धन कार्यक्रमका लागि रु आठ लाख, खानेपानी तथा सरसफाइ सहलगानीअन्तर्गत रु चार लाख, डिपबोरिङ तथा ट्वीबेल मर्मत सुधार कार्यक्रममा रु तीन लाख, राष्ट्रिय सूचना व्यवस्थापन तथा अनुगमनका लागि रु ५५ हजार बजेट विनियोजन गरिएको लेखाअधिकृत नारायण पोख्रेलले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *