ज्योति विकास बैंकको विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित

Post Date : May 15, 2016 | 6:44 am

ज्योति विकास बैंकको विशेष साधारण सभाले नुवाकोटमा मुख्य कार्यालय रहेको हाम्रो विकास बैंक र प्युठानमा मुख्य कार्यालय रहेको झिमरुक विकास बैंक एक आपसमा गाभ्ने र गाभिने सम्बन्धको विशेष प्रस्ताव पारित गरेको छ । ज्याति विकास बैंकले हाम्रो विकास बैंकसँग गत मंसिर ११ गते र झिमरुक विकास बैंकसँग गत माघमा मर्जरका लागि प्रारम्भिक सम्झौता गरिसकेको थियो । नेपाल राष्ट्र बैंकले बैशाख २८ गते ज्योति विकास बैंकलाई दुई बैंक एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति दिइसकेको छ । मर्जरपछि ज्याति विकास बैंकको नामबाटै एकीकृत कारोवार हुने सहमति भइसकेको छ ।

हाल हाम्रो विकास बैंकको चुक्ता पूँजी १२ करोड २३ लाख ३३ हजार पाँचसय पचास, झिमरुक विकास बैंकको ५ करोड ८७ लाख रुपैया र ज्योति विकास बैंकको ९२ करोड ३४ लाख ७६ हजार तीनसय चालिस रुपैया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *