धितोपत्र बोर्डद्वारा १० बराबर ३.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न तिनाउ विकास बैंकलाई अनुमति

Post Date : April 11, 2017 | 9:15 am

काठमाडौँ, २९ चैत । नेपाल धितोपत्र बोर्डले तिनाउ विकास बैंकलाई १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले ११ लाख ९४ हजार ७ सय ९६ दशमलब ०९ कित्ता बरबर ११ करोड ९४ लाख ७९ हजार ६ सय ९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *