नेपाल बंगलादेश बैंकको नयाँ शाखा चितवनको पर्सा बजारमा

Post Date : January 9, 2017 | 4:42 pm

काठमाडौँ, २५ पुस । नेपाल बंगलादेश बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ८, पर्साबजारमा शाखा स्थापना गरेको छ ।

शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ र बैंकका संचालक अरुण श्रेष्ठले गर्नु भएको छ ।

सोही कार्यक्रममा एटिएमको उद्घाटन मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष अजर सुमार्गी र बैंकका संचालक मुकुन्दनाथ ढुंगेलले गर्नु भएको छ ।

यो शाखा सहित बैंकको शाखा ४० वटा, २ वटा एक्सटेन्सन काउन्टर, ७ वटा घरदैलो बैंकिङ्ग सेवा र ३८ वटा एटिएम मार्फत ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *