मञ्जुश्री फाइनान्स विद्युतीय भुक्तानी प्रणालीमा

Post Date : April 13, 2017 | 8:46 am

काठमाडौँ, ३१ चैत । मञ्जुश्री फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा मञ्जुश्री फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि नेपाल क्लियरिङ हाउसले अन्तरबैंक विद्युतीय सेवा संचालनका लागि एनसिएचएल–आईपिएस प्रणाली उपलब्ध गराउनेछ ।

एनसिएचएल–आईपिएस प्रणालीमार्फत क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खाताबाट भुक्तानी लिने र दिने जस्ता कारोवार गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *