मुक्तिनाथ विकास बैंकको शाखा पार्वतीपुरमा

Post Date : June 9, 2017 | 6:06 pm

भरतपुर, २६ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति २०७४ जेठ २६ गते शुक्रबारका दिन भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर, चितवन शाखाको उद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा उहाँले स्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुुपर्ने, रेमिट्यान्सलाई पू“जी निर्माणमा रुपान्तरण गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सो कार्यको लागि मुक्तिनाथ विकास बैंकको भूमिका महत्त्वपूर्ण रहने बताउनु भयो ।

बैंकका संचालक चुडामणि कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शाखा प्रबन्धक बिनोद खतिवडाले स्वागत मन्तब्य राख्नु भएको थियो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गर्नु भएको थियो । सो क्रममा उहाँले मुक्तिनाथ विकास बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु जस्तै कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रवद्र्धनको लागि उपयुक्त वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको बताउनु भयो । उक्त कार्यक्रममा भरतपुर म.न.पा. वडा नं २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी, समाजसेवी विजय घले, पार्वतीपुर बजार समितिका अध्यक्ष एवं नव निर्वाचित सदस्य राजु तामाङ, भरतपुर म.न.पा. वडा नं २१ का वडा सचिव पञ्चमाया तामाङले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

सो कार्यक्रममा स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्वसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको कुरा बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ५९ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस विकास बैँकले हालसम्म कुल रु. १५ अर्ब ३० करोड निक्षेप संकलन गरी रु. १४ अर्ब २६ करोड कर्जा लगानी गरेको छ । साथै बैंकले सेयर कारोवार गर्ने लगानीकर्ताहरुको लागि आश्वा (ASBA) सेवा निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *