यति डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : July 8, 2016 | 9:09 am

काठमाडौं, २४ असार । यति डेभलपमेन्ट बैंकले २०७४ असारसम्म आफ्नो चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैया पुरयाउन २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन बैंकको चुक्ता पूँजी २ अर्ब ७ करोड रुपैया पुग्नेछ र बाँकी नपुग रकम आगामी वर्षको नाफाबाट बोनस शेयरमार्फत चुक्ता पूँजी पुरयाउने बैंकले जनाएको छ । बैंकले हाल आफ्ना २५ वटा शाखामार्फत करिब १० अर्ब रुपैया निक्षेप संकलन गरी ८ अर्ब ७५ करोड रुपैया कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *