राहदानीबाट रु तीन करोड राजस्व

Post Date : August 14, 2016 | 6:46 pm

बागलुङ, ३० साउन । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने गरेका छन् । गत वर्ष दू्र्रत सेवाका लागि तीन हजार ५६० जनालाई राहदानीका लागि सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो ।

अघिल्लो आवमा द्रुत सेवाका लागि आठ हजार ६०७ राहदानी सिफारिस भएका थिए भने साधारणतर्फ ६ हजार ९५४ राहदानी जिल्लामै दर्ता भएका थिए । द्रुत सेवा प्रयोग गर्ने सेवाग्राहीले रु १० हजार तिरेर केन्द्रबाटै हप्तादिन भित्रमा राहदानी लिने गरेका छन् भने साधारण सेवा लिनले भने रु पाँच हजार तिरेर ४५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने गरेका छन् ।

अघिल्लो आवमा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ५०० राहदानी वितरण गरिएको थियो । यस्तै बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट २०७१ साल फागुनबाट राहदानी सेवा दिन थालिएको छ । जिल्लाबाट ४० हजार बढी सर्वसाधारण अध्ययन र रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *