लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरी माघ २ गतेबाट एकिकृत कारोबार गर्ने

Post Date : January 2, 2017 | 4:10 pm

काठमाडौँ, १८ पुस । लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले पुस ११ गते अन्तिम स्वीकृती दिएको छ । लक्ष्मी बैंकले एकीकृत कारोवार माघ २ गतेबाट गर्ने भएको छ ।

लक्ष्मी बैंकले १०० सेयर बराबर प्रोफेसनल दियालो विकास बैंकको ५० सेयर (स्वाप रेसियो) तय भएको छ । हाल लक्ष्मी बैंक को चुक्ता पूँजी ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ छ भने प्रोफेसनल दियालो विकास बैंकको चुक्ता पूँजी २४ करोड ३ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंकले चालु आर्थिक बर्ष २०७३।७४ को पहिलो त्रैमासमा ५१ अर्ब ५८ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन र ४४ अर्ब ४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । सोही अवधिमा प्रोफेसनल दियालो विकास बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरी २७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *