सनराइज बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्ट स्टोरमा १० प्रतिशत सम्म नगद छुट योजना

Post Date : April 5, 2018 | 6:13 pm

काठमाडौँ, २२ चैत्र । सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोर बिच नेपाल अधिराज्य भित्र संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनै पनि सामान खरिदमा १० प्रतिशत सम्म नगद छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकका तर्फबाट विराटनगर शाखाका शाखा प्रबन्धक श्री सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका तर्फबाट प्रबन्ध निर्देशक श्री वलराम आचार्यले गत चैत्र २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । यस सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट हुने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिने छ ।

बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरुन्त प्रिपेड डेविट कार्ड प्राप्त गरी छुटको सुविधा उपभोग गर्न सकिनेछ । यो योजना २०७५ बैशाख १ गतेदेखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पूर्ण खरिदहरुमा लागू हुने बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त रहेको समेत उक्त विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *